झापामा एमालेसँग गठबन्धन गर्यो भनेर भ्रम फैलाइदैछ- अध्यक्ष लिङदेन
२०८२ माघ १८ आइतवार
- लिङदेनले झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको भनेर सुनियोजित रुपमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले यसलाई साइबर कानुनको उलंघन भएको टिप्पणी गरेका छन् ।
काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झापा- ५ र ३ मा एमालेसँग चुनावी तालमेल नभएको स्पष्ट गरेका छन् ।
लिङदेनले झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको भनेर सुनियोजित रुपमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले यसलाई साइबर कानुनको उलंघन भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्- 'एउटा सानो झुण्ड झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित रुपमा प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गरिरहेको छ । म शालिनतापूर्वक आग्रह गर्छु यो पनि निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन हो ।'
अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा यस प्रकारका भ्रमपूर्ण सन्देश लेख्ने र कमेन्ट गर्ने सबैलाई निर्वाचन आयोग र प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेको समेत बताएका छन् ।
उनले यसपटक राप्रपाले देशैभर कुनै दलसँग चुनावी गठबन्धन नगरिकन जनतासँग गठबन्धन गर्दै निर्वाचनमा होमिएको समेत स्पष्ट गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’